बले र प्रिज्माको भयो ‘ब्रेकअप’ ! दुवै अलग अलग बाटोमा यसबारे प्रिज्माले दिईन यस्तो प्रष्टीकरण

काठमाडौं । पछिल्लो समय सागर लम्साल बले र प्रिज्मा खतिवडा फेरी एका एक चर्चामा आएकाछन । टीकटकबाट उदाएकी प्रिज्मा र भद्रगोल टिभी सिरियलबाट आएका बले केही वर्षदेखि प्रेममा रहेको चर्चा चुलिएको थियो ।

उनीहरुले धेरै म्युजिक भिडिओ पनि सँगै गरेका थिए । फागुनमा बिहे गर्ने चर्चा पनि चलिरहेको थियो । प्रेममा रहेको चर्चा चलेपनि यी दुईले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार गरेका भने थियनन । यतिबेला भने यी दुई अलग भएको खबरले फेरी चर्चा पाएको छ ।

प्रायः सामाजिक संजालमा सँगै देखिने उनीहरु पछिल्लो समय भने एकअर्कासँगको भिडिओ पोस्ट गरेका छैनन् । उनीहरु म्युजिक भिडिओमा पनि सँगै देखिन छाडेका छन् ।

उनीहरु अहिले अलग भएको जनाइएको छ । स्रोतले बिहेको कुरा नमिल्दा सम्बन्धमा दरार आएको दावी गरेको छ । तर, यी दुईजना अहिले पनि आफूहरुको सम्बन्धलाई स्वीकार्न तयार छैनन् ।

ब्रेकअपको हल्लाबारे सोधिएको प्रश्नमा प्रिज्माले भनिन्, ‘ब्रेकअप हुन त पहिले रिलेसनमा बसेको हुनुपर्‍यो नि । उहाँसँग को-आर्टिस्टको सम्बन्ध मात्र हो । उहाँ (बले)लाई सँधै सर भनेर बोलाएकी छु । नभएको सम्बन्ध कसरी ब्रेकअप भयो ? म्युजिक भिडिओ आयो भनेर भविष्यमा नगर्ने कुरै छैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button