चलचित्र ‘घुइँचो’मा मुख्य भूमिकामा देखिँदै एलिजा, सार्वजनिक गरिन् तस्बिर (तस्बिर सहित)

चलचित्र ‘घुइँचो’मा मुख्य भूमिकामा देखिँदै एलिजा, सार्वजनिक गरिन् तस्बिर (९ तस्बिर सहित)काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो । नव–नायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने भएका छन् । म्यूजिक भिडियो रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यू गर्नेछन् । आरजे म्यूजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनिले बताएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button